Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

शिक्षकको आन्दोलनका कारण आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द हुने

शिक्षकको आन्दोलनका कारण आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द हुने

  • बिहिवार, आश्विन ४ २०८०

  • 1.2K
    SHARES

  • शिक्षकको आन्दोलनका कारण आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द हुने

    काठमाडौं । आजदेखि देशभरका सामुदायिक विद्यालय बन्द हुने भएका छन् । शिक्षकहरूको आन्दोलनका कारण आजदेखि विद्यालय बन्द हुँदा देशभरका ७० लाख भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध हुने भएको हो ।

    नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन् । शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौं आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो । आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाएर परिपूर्ति गर्ने महासंघले जनाएको छ ।

    शिक्षकहरूले सरुवा, बढुवा, नियुक्ति, कार्यसम्पादन मूल्यांकन, सेवा सुविधा, नियमनलगायत रेखदेखमा स्थानीय तहको भूमिका अस्वीकार गर्दै आन्दोलन घोषणा गरेका हुन्। संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले शिक्षकलाई स्थानीय तहमातहत राख्ने व्यवस्था गरेको छ ।

    आन्दोलनको पहिलो दिन हिजो ७० हजारको हाराहारीमा शिक्षकहरु सडक आन्दोलनमा उत्रिएका थिए । आज पनि बिहान १० बजे माइतीघरमा जम्मा भएर नयाँबानेश्वरसम्म नारा जुलुसहित विरोध जनाउने महासचिव सुवेदीले जानकारी दिनुभयो ।


    बिहिवार, आश्विन ४ २०८००८:४८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij