Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

यसपटकको भैरव पुरस्कार यी तीन सर्जकले पाउनेछन्...

यसपटकको भैरव पुरस्कार यी तीन सर्जकले पाउनेछन्...

  • बुधवार, आश्विन ३ २०८०

  • 1.3K
    SHARES

  • यसपटकको भैरव पुरस्कार यी तीन सर्जकले पाउनेछन्...

    काठमाडौं।  नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कारको घोषणा गरिएको छ।भैरव पुरस्कार गुठीले जानकारी गराए अनुसार ‘भैरव पुरस्कार २०८०’ हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान गरिने भएको छ। जसको पुरस्कार राशी एक लाख ११ हजार १११ रुपैयाँ रहेको छ ।

    त्यस्तै, एक लाख एक हजार १११ रुपैया राशीकै ‘भैरव वाङ्मय पुरस्कार’ प्रा.डा. अभि सुवेदीलाई प्रदान गरिने र ५१ हजार १११ रुपैयाँ राशीको ‘भैरव प्रतिभा पुरस्कार’ हास्यव्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर)लाई प्रदान गरिने गुठीले जानकारी गराएको छ ।

    भैरव पुरस्कार गुठीका अध्यक्ष साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गर्दै घोषणा गरेको हो। घोषणा गरिएको पुरस्कार भैरव स्मृति दिवसका दिन असोज १९ गते प्रदान गरिने जनाइएको छ ।


    बुधवार, आश्विन ३ २०८००५:१०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij