Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

दाइजोको निहुँमा श्रीमतीको हत्या

दाइजोको निहुँमा श्रीमतीको हत्या

  • मंगलवार, आश्विन २ २०८०

  • 1.1K
    SHARES

  • दाइजोको निहुँमा श्रीमतीको हत्या

    काठमाडौं। दाइजो नल्याएको निहुँमा सुनसरीमा पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ परेका छन्। इनरुवा नगरपालिका ३ का ३२ वर्षिय नगेन्द्र भगतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। भगतले थप दाइजो नल्याएको भन्दै गत शनिबार श्रीमतीको हत्या गरेको प्रहरीको दाबी छ।

    भगतले विराटनगर १७ मटेरुवाकी २३ वर्षीया निकिता चौधरी (सुष्मा)सँग ३२ लाख नगद, ८ तोला सुन, ९० तोला चाँदी र एक मोटर साइकल दाइजो लिएर २१ महिना पहिला विवाह गरेका थिए।

    उनले यतिबेला फेरी थप दाइजो नल्याएको भन्दै गत शनिबार राति निकिताको हत्या गरेको उल्लेख गर्दै मृतकका माइतीपक्षले जाहेरी दिएपछि पक्राउ गरेर अनुसन्धान सुरु गरेको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले बताउनुभयो।


    मंगलवार, आश्विन २ २०८००४:०६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij