Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

तिनकुने सामुहिक हत्याकाण्डः एकै जनाले चार जनाको हत्या गरेको प्रारम्भिक निष्कर्ष

तिनकुने सामुहिक हत्याकाण्डः एकै जनाले चार जनाको हत्या गरेको प्रारम्भिक निष्कर्ष

  • आइतवार, भाद्र ३१ २०८०

  • 2.1K
    SHARES

  • तिनकुने सामुहिक हत्याकाण्डः एकै जनाले चार जनाको हत्या गरेको प्रारम्भिक निष्कर्ष

    काठमाडौं । काठमाडौंको तिनकुने गैह्रीगाउँमा भएको सामुहिक हत्याकाण्डमा एजनाले मात्रै हत्या गरेको प्रारम्भिक निष्कर्ष निस्कीएको छ। नेपाल प्रहरिको टोलिले अनुसन्धानमा चार जनाको सामूहिक हत्या एक जना व्यक्तिले गरेको प्रारम्भिक निष्कर्ष निकालेको हो। आज पक्राउ परेका एक संदिग्ध व्यक्तिले चारै जनाको हत्या स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ ।

    सीसीटीभी फुटेजमा देखिएमा एकजना संदिग्ध व्यक्तिलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो। ती व्यक्ति सामूहिक हत्या प्रकरणको मुख्य व्यक्ति हुनसक्ने प्रहरीको अनुमान थियो। तिनै व्यक्तिले आफूले हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतको दाबी छ ।

    हिजो प्रहरीले घटनाको बारेमा जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राईलाई नै पक्राउ गरेर अनुसन्धान थालेको थियो। आफैं प्रहरी कार्यालय पुगेका राई हत्यामा संलग्न नभएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

    हिजो बिहान दिव्य सः फर्निचर मिलमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल र मोरङका १९ वर्षका नवीन राईको शुक्रबार राति हत्या भएको अबस्थामा शव फेला परेको थियो।

    शनिबार बिहान ४ जनाको शव फेला परेको थियो। शुक्रबार राति ११ः५५ बजे सो मिल भित्र ४ जनाकै हत्या भएको निष्कर्ष छ ।


    आइतवार, भाद्र ३१ २०८००३:१८:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij