Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

मोरङमा पानीमा डुबेर दुई बालिकाको ज्यान गयो

मोरङमा पानीमा डुबेर दुई बालिकाको ज्यान गयो

  • शनिवार, भाद्र ३० २०८०

  • 837
    SHARES

  • मोरङमा पानीमा डुबेर दुई बालिकाको ज्यान गयो

    काठमाडौं। मोरङमा पोखरीमा डुबेर दुई बालिकाको ज्यान गएको छ। जिल्लाको ग्रामथान गाउँपालिका वडा नं २ स्थीत माछा पोखरीमा नुहाउने क्रममा १० र १२ वर्षिया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार रम्भा देवको माछा पोखरीमा नुहाउन गएका स्थानीय खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया छोरी समीक्षा माझी र मनोज खवासकी १० वर्षीया छोरी रेजिना खवासको डुबेर मृत्यु भएको हो।

    पानीमा डुबेर गम्भीर बनेका बालिकाहरुलाई बिहान साढे ११ बजे स्थानीयले फेला पारेर उपचार गराउँन विराटनगरको कोसी अस्पताल लगेकोमा अस्पताल ल्याउनासाथ मृत्यु भएको डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनु भयो ।

     


    शनिवार, भाद्र ३० २०८००१:४६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij