काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा सवारीसाधन सञ्चालनमा लागू गरिएको जोरबिजोर प्रणालीमा कडाइ गरेको छ।
आज जोरबिजोर उल्लंघन गर्ने एक हजार २२५ सवारीसाधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सवारीसाधनमा एक हजार ३ दुई पांग्रे र २२२ वटा चार पांग्रे छन्। कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्नको लागि काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली लागू गरिएको छ।