Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

  • शुक्रवार, भाद्र २९ २०८०

  • 350
    SHARES

  • कस्तो रहला आज दिनभरको मौसम ?

    काठमाडौं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा घाम लागिरहेको छ । तर दिउँसोपछि भने केहि स्थानमा हल्कादेखि वर्षा सम्भावना रहेको छ । 

    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल  भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा चट्याङ्ग सहित  हल्का वर्षा भइरहेको छ।

    आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, सुदूरपश्चिम र कर्णाली  प्रदेशका  केही  स्थानहरूमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  एक–दुई स्थानमा चट्याङ्ग सहित  भारी  वर्षाको  समेत सम्भावना  रहेको छ ।

     


    शुक्रवार, भाद्र २९ २०८००६:५३:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij