Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बुवाको मुख हेर्ने दिन काठमाडौंका गोकर्णेश्वर मन्दिर परिसरमा घुइँचो

बुवाको मुख हेर्ने दिन काठमाडौंका गोकर्णेश्वर मन्दिर परिसरमा घुइँचो

  • बिहिवार, भाद्र २८ २०८०

  • 942
    SHARES

  • बुवाको मुख हेर्ने दिन काठमाडौंका गोकर्णेश्वर मन्दिर परिसरमा घुइँचो

    काठमाडौं । आज कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन काठमाडौंका गोकर्णेश्वर मन्दिर परिसरमा घुइँचो लागेको छ ।

    बुवा हुनेहरुले कुसे औंसीको दिन परम्पराअनुसार आफ्नो बुवालाई भेटेर मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दछन् । तर बुवालाई गुमाएकाहरुले गोकर्णेश्वर मन्दिरको दर्शन गर्ने र वागमती नदी किनारमा श्राद्ध गर्दछन् ।

    उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा घुइँचो लाग्ने भएकाले आजको दिनलाई गोकर्णे औंसी पनि भनिन्छ ।

    पितृको नाममा तर्पण, पिण्डदान एवम् श्राद्ध गर्नेहरुको गोकर्णेश्वरका साथै पशुपति मन्दिर क्षेत्रमा घुइँचो लागेको छ ।


    बिहिवार, भाद्र २८ २०८००२:२९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij