Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इन्डियन प्रिमियर लिग : राजस्थानलाई ५७ रनले हराउँदै मुम्बई शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग : राजस्थानलाई ५७ रनले हराउँदै मुम्बई शीर्ष स्थानमा

  • बुधवार, आश्विन २१ २०७७

  • 1.3K
    SHARES

  • इन्डियन प्रिमियर लिग : राजस्थानलाई ५७ रनले हराउँदै मुम्बई शीर्ष स्थानमा

    एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) टी(ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इण्डियन्स शीर्ष स्थानमा पुुगेको छ ।

    अबुधाबीमा मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।शेख जायद क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो ।

    राजस्थानका लागि जोस बट्लरले ७० रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।यस्तै जोफ्रा आर्चरले २४ रन जोड्दा टम करनले १५ रन बनाए । महिपाल लोमरोरले ११ बनाउदा कप्तान स्टिभ स्मिथ ६ रनमा आउट भए ।

    मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए । ट्रेन्ट बोल्ट र जेम्स पाटीनसनले २र२ विकेट लिदा केइरन पोलार्ड, राहुल चाहरले एक एक विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

    मुम्बईका लागि सूर्यकुमार यादबले अविजित रहदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान रोहित शर्माले ३५ तथा क्विन्टन डी ककले २३ रन जोडे । हार्दिक पाण्डयले अविजित ३० रन जोड्दा कुर्नाल पाण्डयले १२ रन बनाए ।

    राजस्थानका श्रेयस गोपालले २ विकेट लिए । जोफ्रा आर्चर र कार्तिक त्यागीले १र१ विकेट लिए जितसँगै मुम्बईले ५ खेलमा ८ अंक जोडेको छ । मुम्बईको यो चौंथो जित हो ।

    राजस्थानको यो तेस्रो हार हो । राजस्थानले ५ खेलमा ४ अंक जोडेको छ । राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।


    बुधवार, आश्विन २१ २०७७०६:५५:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij