काठमाडौं । नेपाली रेडियो नेटवर्क(एनआरएन)कर्मी कल्पना रेग्मीले विशाल तीज गीत अर्वाड प्राप्त गर्नुभएको छ ।
मौलिक तीज गीत ‘अत्याचार’ बोलको गीतबाट सर्वोत्कृष्ट शब्दमा रेग्मीले अर्वाड पाउनुभएको हो । हिजो राजधानीमा आयोजित अर्वाड वितरण कार्यक्रममा सोहि गीतको गीतकार रेग्मीलाई अर्वाड दिइएको हो ।
उक्त गीतमा रेग्मी कै शब्द तथा संगीत रहेको छ भने वरिष्ठ गायिका सर्मिला गुरुङले स्वर भर्नुभएको छ । यस अगाडि उहाँका मौलिक तीज गीत ‘आमा’, ‘पराई घर’, ‘कान्छी छोरी’, ‘म पनि नाच्ने हो’, ‘बसौँला काखैमा’ लगायत गीत चर्चित छन् ।
लामोसमयदेखि सञ्चारक्षेत्रमा सफल रुपमा कार्यरत रेग्मी गीत लेखनमा पनि उत्तिकै सफल हुनुुहन्छ । सञ्चारक्षेत्रमार्फत विशेषगरी लोक गीतको संरक्षण र संवद्र्धनमा लागिरहनुभएकी रेग्मीका दुई दर्जनभन्दा धेरै गीत बजारमा छन् । रेग्मी विगत एक दशक धेरै देखि सञ्चारक्षेत्रमा क्रियाशील हुनुहुन्छ ।