Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ७ जना घाइते

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ७ जना घाइते

  • बुधवार, भाद्र २७ २०८०

  • 1.1K
    SHARES

  • रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ७ जना घाइते

    काठमाडौं। रामेछापबाट काठमाडौंका लागी छुटेको यात्रुवाहक बस दुर्घटनामा परेको छ। जिल्लाको टोकरपुरबाट काठमाडौंका लागि छुटेको बस बुधबार दुर्घटना हुँदा ७ जना यात्रु घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दोरम्बा शैलुङ गाउँपालिका–३, रजमनटारबाट आज बिहान काठमाडौं आउँदै गरेको बा ३ ख ५९६० नम्बरको बस सुनापति–३ को भलायाखर्कमा अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

    दुर्घटनाका घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

     


    बुधवार, भाद्र २७ २०८००२:५६:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij