Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • बुधवार, भाद्र २७ २०८०

  • 535
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हिजो बिहानदेखि आज बिहानसम्म लगातार नै वर्षा भएको थियो अहिले भने रोकिएको छ तर दिउँसो पछि फेरि वर्षाको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको दक्षिणपश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव छ।


    बुधवार, भाद्र २७ २०८००७:०६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij