Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

गरिमा विकास बैंकद्वारा आफ्नै तिज गित तथा टिकटक प्रतियोगिता सार्वजनिक

गरिमा विकास बैंकद्वारा आफ्नै तिज गित तथा टिकटक प्रतियोगिता सार्वजनिक

  • सोमवार, भाद्र २५ २०८०

  • 1.0K
    SHARES

  • गरिमा विकास बैंकद्वारा आफ्नै तिज गित तथा टिकटक प्रतियोगिता सार्वजनिक

    काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अबसर पारेर आफ्नै तिज गित बजारमा ल्याएसँगै टिकटक प्रतियोगिता पनि सार्वजनिक गरेको छ। बैंकले आज एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो। करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र गायिका समिक्षा अधिकारीको स्वर रहेको छ।

    गित बैंकको आधिकारीक युटुव च्यानल र टिकटकबाट हेर्न र सुन्न सकिने गरि सार्वजनिक गरिएको छ। साथै, हरितालिका तीजलाई अझ विशेष बनाउन हेतु यस विकास बैंकले तीज विशेष टिकटक प्रतियोगिता “गरिमा तीज” पनि सार्वजनिक गरेको हो।

    यस विकास बंैकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाईक आउने उत्कृष्ट १० भिडियोहरुमध्ये प्रथमलाई रु ३०,००० द्धितियलाई रु २०,००० तृतियलाई रु १०,००० र बाँकि ७ वटा भिडियोलाई जनही रु ५,००० सान्त्वना पुरस्कार राशि प्रदान गरिने छ ।

    यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगिहरुले भिडियो बनाउँदा यस विकास बैंकले तोकेको सम्पूर्ण नियम तथा शर्तहरुको पूर्ण पालना गर्नुपर्ने हुन्छ । हाल, यस गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय, ५० एटिएम र डिजिटल बंैकिङ् (गरिमा डिजी बटुवा, डेविट÷क्रेडिट कार्ड, स्मार्ट क्यू.आर. लगायत) मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

     


    सोमवार, भाद्र २५ २०८००४:४८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij