Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरण : कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै विमानस्थल भन्सारका सबै सेवा ठप्प

सुन प्रकरण : कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै विमानस्थल भन्सारका सबै सेवा ठप्प

  • सोमवार, भाद्र २५ २०८०

  • 1.2K
    SHARES

  • सुन प्रकरण :  कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै  विमानस्थल भन्सारका सबै सेवा ठप्प

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले आज भन्सार जाँचपास ठप्प पारेका छन् ।

    साउन २ मा विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरुमाथि धरपकड गरेको उनीहरुको भनाइ छ ।

    विमानस्थल भन्सारको कार्गोतर्फका सबै सेवा ठप्प भएको एक जना भन्सार अधिकृतले बताएका छन् । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ ।

    सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसँग पनि बयान लिइरहेको छ भने केही कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।


    सोमवार, भाद्र २५ २०८००१:२६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij