Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

अफगानिस्तानका क्रिकेटर नाजिबउल्लाहको सडक दुर्घटनामा परि निधन

अफगानिस्तानका क्रिकेटर नाजिबउल्लाहको सडक दुर्घटनामा परि निधन

  • मंगलवार, आश्विन २० २०७७

  • 928
    SHARES

  • अफगानिस्तानका क्रिकेटर नाजिबउल्लाहको सडक दुर्घटनामा परि निधन

    सडक दुर्घटनामा परेका अफगानिस्तानका क्रिकेटर नाजिबउल्लाह ताराकाइको निधन भएको छ । अफगानिस्तानको नागहरमा गत शुक्रबार दुर्घटनामा परेका नाजिबउल्लाहको आज निधन भएको हो ।

    अफगानिस्तान क्रिकेट बोर्डले २९ वर्षीय ओपनर ब्याट्सम्यानको निधन भएको पुष्टि गरेको छ । बाटो काट्ने क्रममा रहेका नाजिबउल्लाहलाई कारले ठक्कर दिएको थियो ।

    घटना लगत्तै उनलाई अस्पताल पुर्याइएको थियो । नाजिबउल्लाहले सन् २०१४ मा अफगानिस्तानबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।
    उनले १२ टी–ट्वान्टी अन्तराष्ट्रिय र १ एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलेका छन् । टी–ट्वान्टी अन्तराष्ट्रिय एक अर्धशतकसहित उनले २ सय ५८ रन बनाएका छन् ।


    मंगलवार, आश्विन २० २०७७०३:१८:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij