Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

देशका केहि स्थानमा आज पनि वर्षाको सम्भावना

देशका केहि स्थानमा आज पनि वर्षाको सम्भावना

  • आइतवार, भाद्र २४ २०८०

  • 449
    SHARES

  • देशका केहि स्थानमा आज पनि वर्षाको सम्भावना

    काठमाडौं । आज आइतबार पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गएराती काठमाडौंलगायत आसपासमा हल्का वर्षा भएको थियो भने अहिले पनि केहि स्थानमा छिटफुट वर्षा भइरहेको छ । हाल  मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  छ।

    साथै  नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक  प्रभाव  रहेको  छ।

    जल तथा मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली भई केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ र बांकी प्रदेशहरुमा आंशिक देखी सामान्यतया बदली भई एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

    आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली र बांकी प्रदेशहरुमा  आंशिक  देखि  सामान्य  बदली  रहनेछ।

    बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जन/चट्याङ्ग  सहित  हल्का  देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। सुदूरपश्चिम प्रदेशको  एक-दुई-स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  महाशाखाले जनाएको छ।

     

     


    आइतवार, भाद्र २४ २०८००६:४०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij