Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाको संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु

कोरोनाको संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु

  • मंगलवार, आश्विन २० २०७७

  • 1.2K
    SHARES

  • कोरोनाको संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु

    कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । मोरङ, चितवन, धरान र नवलपुरमा गरी थप ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका २ जना पुरुष, चितवन र धरानका एक एक पुरुष र नवलपुरकी महिला छिन् ।

    महिलाको गएराति मृत्यु भएको हो भने पुरुषहरुको आज मृत्यु भएको हो । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा आज विहान एक पुरुषको सङ्क्रणबाट मृत्यु भएको हो । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय पुरुष रहेका प्रतिष्ठानका प्रवक्ता डा आशिस श्रेष्ठले जानकारी दिनुभयो ।

    मधुमेह तथा क्षयरोगबाट पीडित ती पुरुषलाई श्वास प्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो । यसैगरी, चितवन मेडिकल कलेजमा उपचाररत दुई संक्रमितको पनि आजै मृत्यु भएको छ ।

    नवलपुर कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो । यसैगरी, भरतपुर महानगरपालिका ३ का ७० वर्षीय अर्का एक पुरुषको पनि गएराति निधन भएको अस्पतालले जनाएको छ ।


    मंगलवार, आश्विन २० २०७७०२:५०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij