काठमाडौं। रौतहटमा रामजानकी मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण भएको छ। अज्ञात व्यक्तिको समुहले पुजारी (साधु)मिश्रीलाल साहमाथि सांघातिक आक्रमण गरेको हो ।
दुर्गा भगवती गाउँपालिका ३ देवीपर्सा टोलस्थित निवासमा गएराति करिब ११ बजे खाना पकाउने समयमा पुजारी साहको टाउकोमा धारिलो हतियार प्रहार गरि गम्भिर घाईते बनाएको स्थानीयका उमेश साहले बताउनु भयो।
आक्रमण भएको थाहा पाएपछि स्थानीयले तत्काल अस्पताल पुर्याएका थिए। अहिले साहको पिपरा बजारस्थित बागमती अस्पतालमा उपचार भइरहेको छ ।
रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले आक्रमणबारे जानकारी पाएपछी प्रहरी पठाएको अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो।