काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ ।
वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनमा आज महानगर र महानगरअन्तर्गतका सबै कार्यालयमा शोक बिदा दिइएको हो। अध्यक्ष रिजालको बिहीबार बिहान निधन भएको थियो ।
रिजालको निमोनियाका कारण बिहान साढे ७ बजे निधन भएको ग्रान्डी अस्पतालले जनाएको छ । वडाध्यक्ष रिजाललाई उपचारका लागि गएको १७ गते ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालका स्वास्थ्य निर्देशक डा. विनोद बिजुक्छेका अनुसार उहाँको दुवै फोक्सोमा सिभियर निमोनिया अर्थात् (भाइरल निमोनिया)का कारण उहाँको निधन भएको हो ।