Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

केहि स्थानमा आज वर्षाको सम्भावना

केहि स्थानमा आज वर्षाको सम्भावना

  • शुक्रवार, भाद्र २२ २०८०

  • 499
    SHARES

  • केहि स्थानमा आज वर्षाको सम्भावना

    काठमाडौं । देशका केहि स्थानमा आज वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा शुक्रबार ​दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका तराई भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ।

    राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    शनिबार देशका पहाडी क्षेत्रका केही स्थानहरू तथा बाँकी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईकाथोरै स्थानमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     


    शुक्रवार, भाद्र २२ २०८००६:३२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij