काठमाडौं। विराटनगरमा कृष्ण जन्माष्टमीको अवसरमा आयोजित रथयात्राको सहभागी ३८ जनालाई प्रहरीले पक्राउ गरेको छ। कृष्ण जन्माष्टमीको अवसर निकालिएको रथयात्राको दोस्रो दिन आज रथयात्रामा शंकास्पद गतिविधि गर्ने ३२ भारतीयसहित ३८ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमध्ये ३० पुरुष र ८ महिला छन्। उनीहरुमध्ये ६ नेपाली र ३२ भारतीय नागरिक छन्। रथयात्रा २०८० को अवसरमा रथको फाइदा उठाउँदै विभिन्न शंकास्पद गतिविधि गर्ने ३८ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले सार्वजनिक गरेको हो।
पक्राउ पर्ने व्यक्तिहरु विगतमा पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको पाइएको मोरङ प्रहरीले जनाएको छ ।