Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

धरानमा ग्यास सिलिन्डर पड्किएर घर जल्यो 

धरानमा ग्यास सिलिन्डर पड्किएर घर जल्यो 

  • बिहिवार, भाद्र २१ २०८०

  • 2.7K
    SHARES

  • धरानमा ग्यास सिलिन्डर पड्किएर घर जल्यो 
    काठमाडौं । सुनसरीको धरान उपमहानगर–१५ बाझगरास्थित मदन आश्रित मार्गमा बिहीबार(आज) बिहान आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
     
    आफन्त भेला भएर दर खाने तयारी भइरहेका बेला ग्यास सिलिन्डर अचानक पड्किँदा घरमा आगलागी भएको ऋषिराम धितालले बताउनुभयो । उहाँका अनुसार आगलागी बिहान करिब ९ः४५ बजे भएको थियो ।
     
    आगलागी भएपछि धरानका तीनवटा दमकल तत्काल आएर आगो निभाएका थिए । तर बाटो सानो भएपछि एकसाथ तीनवटै दमकल प्रयोग गर्न नसक्दा आगो निभाउन करिब डेढ घण्टा लागेको थियो ।
     
    धिताल परिवारका अनुसार दराजमा राखेको करिब गरगहना, नगद, र अन्य महत्त्वपूर्ण सामानसहित लाखौंको धनमाल नष्ट भएको छ ।


    बिहिवार, भाद्र २१ २०८००२:४८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij