Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

आज श्रीकृष्णजन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

आज श्रीकृष्णजन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

सार्वजनिक बिदा
  • बुधवार, भाद्र २० २०८०

  • 824
    SHARES

  • आज श्रीकृष्णजन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदै

    काठमाडौं । आज ‘श्रीकृष्णजन्माष्टमी’ । भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ ।

    ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भदौकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

    यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

    अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।

    कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णले व्यक्त गर्नु भएको ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ ।

    छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

    श्रीकृष्णजन्माष्टमीका अवसरमा आज ललितपुरको पाटनको मङ्गलबजारसहित देशभरका कृष्णमन्दिरमा मेला लाग्दछ । मंगलबजारको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

    सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।


    बुधवार, भाद्र २० २०८००७:१०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij