Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

भ्रममा नपरौँ सञ्जालका सबै विषय समाचार होइनन्: बालकृष्ण बस्नेत

भ्रममा नपरौँ सञ्जालका सबै विषय समाचार होइनन्: बालकृष्ण बस्नेत

  • मंगलवार, भाद्र १९ २०८०

  • 400
    SHARES

  • भ्रममा नपरौँ सञ्जालका सबै विषय समाचार होइनन्: बालकृष्ण बस्नेत

    काठमाडौँ। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सञ्चार माध्यमको प्रस्तुति र भूमिकालाई परिस्कृत गर्न जरुरी भएकाले यसतर्फ ध्यान दिन सञ्चार माध्यमलाई सुझाव दिनुभएको छ ।

    व्यक्तिले प्रयोग गर्ने सञ्जालमा राखिएका सामग्रीले भ्रम छर्दै गएको तर्फ सञ्चार माध्यम सजग बन्दै विश्वसनीय पत्रकारिता गर्नुपर्ने उहाँको भनाइ छ ।

    'कोही पनि भ्रममा नपरौँ । सामाजिक सञ्जालमा पस्किएका सबै विषय समाचार होइनन् । तर, त्यस्ता विषयवस्तुले जनमानसलाई झुक्याइरहेका छन् । सञ्चार माध्यमले आफ्ना तथ्यपूर्ण र विश्वसनीय प्रस्तुतिबाट यस्ता भ्रम हटाउन सक्नुपर्छ' अध्यक्ष बस्नेतले सोमबार नयाँ खुलेका अनलाइन सञ्चार माध्यमका सम्पादक, प्रकाशकलाई काउन्सिलमा दिइएको अभिमुखीकरणका क्रममा भन्नुभयो ।

    उहाँले आधारहीन विषयवस्तु र हुबहु चोरी गरी समाचार बनाउने कतिपय अनलाइनले पत्रकारिता जगतमै हिलो छ्यापेकाले तिनलाई काउन्सिलले कारबाही गर्दै आएको जानकारीसमेत दिनुभयो ।

    अभिमुखीकरणका सहभागीलाई पत्रकार आचारसंहिता र सञ्चार निर्देशिकाहरुमा केन्द्रित रही प्रस्तुति राखिएको थियो ।

    डिजिटल मिडियाले ल्याएको चुनौती र सञ्चार माध्यमले ध्यान पुर्‍याउनुपर्ने विषयबारे काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी र नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरि क्याम्पा राईले प्रकाश पार्नुभएको थियो । कार्यक्रममा विभिन्न ३२ सञ्चार माध्यमका सञ्चालकरसम्पादकको सहभागिता थियो ।


    मंगलवार, भाद्र १९ २०८००८:२७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij