Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

नेपाल–भारतको क्रिकेट हेर्न २ बजेपछि सार्वजनिक बिदा

नेपाल–भारतको क्रिकेट हेर्न २ बजेपछि सार्वजनिक बिदा

  • सोमवार, भाद्र १८ २०८०

  • 2.2K
    SHARES

  • नेपाल–भारतको क्रिकेट हेर्न २ बजेपछि सार्वजनिक बिदा

    काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाले एसिया कप क्रिकेट प्रतियोगिता हेर्न सोमबार २ बजेपछि सार्वजनिक विदा दिएको छ ।

    महानगरका अधिकृत हरि राउतले क्रिकेट हेर्नकै लागि महानगरपालिका अन्तर्गत अत्यावश्यक सेवाहरु बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने सूचना जारी गर्नुभएको हो ।

    सूचनामा भनिएको छ, ‘क्रिकेट खेलप्रतिको भावना अभिवृद्धि गर्न तथा एसिया कपमा नेपाल सहभागी भई गौरवान्वित महसुस गरेकोले नेपाली क्रिकेट टोलीको हौसला बढाउन २ बजेदेखि अत्यावश्यक सेवाहरु वाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिनेछ ।’

     


    सोमवार, भाद्र १८ २०८००२:१६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij