Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

  • सोमवार, भाद्र १८ २०८०

  • 575
    SHARES

  • कस्तो रहला आज दिनभरको मौसम ?

    काठमाडौं । देशका केहि स्थानमा आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

    यस्तै, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू(भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशका एकरदुई स्थानमा मेघ गर्जन् र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    महाशाखाका अनुसार सोमबार राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।


    सोमवार, भाद्र १८ २०८००६:५९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij