Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार

बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार

  • आइतवार, भाद्र १७ २०८०

  • 1.2K
    SHARES

  • बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार

    काठमाडौं । बर्दिया कारागार गुलरियाबाट एक कैदी फरार भएका छन् ।

    कारागारको ट्रस्टमाथि रहेको पर्खालबाट हामफालेर उनी फरार भएको प्रहरीले जनाएको छ ।

    आइतबार बिहान ३ बजे कारागारभित्रको भवनको छतमा चढेका अजित बुढाक्षेत्री अग्लो काँडेतार लगाएको पर्खालबाट हामफाली फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिनुभयो ।

    विसं २०७१ मा ठाकुरबाबा–८ का जोरासिंह थापाको हत्या अभियोगमा उनी पक्राउ परेका थिए । उनी कर्तव्यज्यान मुद्दामा ३० वर्ष सजाय काटिरहेका थिए ।


    आइतवार, भाद्र १७ २०८००२:०४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij