Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

काठमाडौं, जुम्ला र सिन्धुपाल्चोकमा भएका दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, जुम्ला र सिन्धुपाल्चोकमा भएका दुर्घटनामा ६ जनाको मृत्यु

  • आइतवार, भाद्र १७ २०८०

  • 428
    SHARES

  • काठमाडौं, जुम्ला र सिन्धुपाल्चोकमा भएका दुर्घटनामा ६ जनाको मृत्यु

    काठमाडौं, जुम्ला र सिन्धुपाल्चोकमा भएका छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । काठमाडौंको पेप्सीकोलामा बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । १४ जना घाइते छन् ।

    आज बिहान जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बसले बाग्मती प्रदेश–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल तथा बाग्मती प्रदेश ०२–०३७ प ५३ ११ नम्बरको स्कुटर र बा ६ च ५३४२ नम्बरको जीपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार बस तीव्र गतिमा थियो । अन्य गाडीलाई ठक्कर दिएपछि बस पनि पल्टिएको थियो । दुर्घटनामा मोटरसाइकलका चालक सर्लाहीका अन्दाजी २१ वर्षका राज भट्टराई र स्कुटरको पछाडि बस्ने अन्दाजी २५ वर्षकी उषा थापाको मृत्यु भएको हो ।

    प्रहरीकाअनुसार उनीहरुलाई उपचारका लागि सिभिल अस्पताल पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए । घाइते १४ जनामध्ये सात जनाको पेप्सिकोलामा रहेको मदरल्यान्डमा उपचार भइरहेको छ भने अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


    आइतवार, भाद्र १७ २०८०११:३३:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij