Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते 

पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते 

  • शनिवार, भाद्र १६ २०८०

  • 971
    SHARES

  • पाल्पामा जिप दुर्घटना हुँदा ६ जना घाइते 
    काठमाडौं । पाल्पाको  तानसेन नगरपालिका—१२, बौघापोखराथोक जोर्तेमा भएको जिप दुर्घटनामा  ६ यात्रु  घाइते भएका छन् । बुटवलबाट पाल्पा हुँदै गुल्मीको  दिगाम जाँदै गरेको  बा१६ च ४३७३ नम्बरको जिप जोर्तेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
     
    जिप दुर्घटनामा घाइते सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
     
    उक्त दुर्घटना तानसेन बाइपास सडक जोर्ते—लुहुङ्ग खण्डमा भएको हो । दुर्घटनाग्रस्त जिप सडकदेखि करिब १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । तानसेन—रिडी सडकमा ढुंगा पन्छाउने र स्तरोन्नतिको काम भएकोले सवारी साधनलाई प्रहरीले बाइपास सडक प्रयोग गरेर पठाएको छ ।
     
    गत भदौ १३ गते पाल्पाको जोर्तेमा गुडिरहेको जिपमा एक्कासि ढुङ्गा खस्दा हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ८ जना घाइते भएका थिए ।
     


    शनिवार, भाद्र १६ २०८००२:१०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij