Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

यी नदीमा आज पानीको बहाव बढ्न सक्ने

यी नदीमा आज पानीको बहाव बढ्न सक्ने

  • बिहिवार, भाद्र १४ २०८०

  • 546
    SHARES

  • यी नदीमा आज पानीको बहाव बढ्न सक्ने
    काठमाडौं । देशका केही साना नदीमा आज पानीको बहाव बढ्न सक्ने पूर्वानुमान छ ।
     
    इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, खोटाङ, ओखलढुंगा, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मकवानपुर, कास्की, पर्वत, म्याग्दी, लमजुङ, बागलुङ र स्याङजा भई बहने केही साना नदीमा बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नदीतटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
     
    अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जल सतह सामान्य घटबढ रहने पूर्वानुमान छ ।
     
    kadfm-1693453136.jpg


    बिहिवार, भाद्र १४ २०८०१०:३१:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij