काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिँदै गरेको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भारतबाट एक जनालाई पक्राउ गरेको छ।
सीआईबी स्रोतका अनुसार पक्राउ पर्नेमा किशोर बस्नेत छन्। बस्नेतले सुन तस्करीमा संलग्न रहेका भियना होटलका सञ्चालक दावा छिरिङको सहयोगी भएर काम गरेको पाइएपछि पक्राउ गरिएको सीआईबी स्रोतले जानकारी दियो ।
योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेका संख्या २५ पुगेको छ।