Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • बुधवार, भाद्र १३ २०८०

  • 551
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौँ । विगत ३ दिनदेखि देशमा ठुलो पानी परेको छैन । अहिले मौसममा सुधार आएसँगै देशभर पानी पर्न कम भएको छ । 

    हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। जसको प्रभावले देशका पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज राति कोशी,  बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भूभागको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


    बुधवार, भाद्र १३ २०८००६:४५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij