Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

गुल्मी अस्पतालको लापरवाहीले सात वर्षिया प्रशंसा मरासिनीको मृत्यु

गुल्मी अस्पतालको लापरवाहीले सात वर्षिया प्रशंसा मरासिनीको मृत्यु

  • मंगलवार, भाद्र १२ २०८०

  • 591
    SHARES

  • गुल्मी अस्पतालको लापरवाहीले सात वर्षिया प्रशंसा मरासिनीको मृत्यु

    गुल्मी अस्पतालको लापरवाहीले एकजना बिरामीको मृत्यु भएको छ । अर्घाखाँची छत्रदेव गाउँपालिका ७ काउले निवासी राजेश मरासिनीकी छोरी सात वर्षिया प्रशंसा मरासिनीको आज बिहान ७ बजेर ४५ बजे मृत्युु भएको हो ।

    मृतकका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई हिजो बिहान ११ बजे गुल्मी अस्पताल लगिएको थियो । सामान्य पेट दुखेर अस्पताल लगिएकी प्रशंसाले दिउँसो वान्ता गरेपछि भर्ना गरिएको थियो। आज बिहान ६ बजेको समयमा बिरामी निदाएकै समयमा एक्कासि इन्जेक्सन लगाइएको थियो । इन्जेक्सन लगाउँदाबित्तिकै उनि बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरेका थिए । तर नर्सहरूले समयमै डाक्टर नबोलाउदा र लापरवाही गर्दा इन्जेक्सन लगाएको केही समयमै प्रशंसाको ज्यान गएको पन्थीले बताउनुभयो ।

    घटनाका प्रत्यक्षदर्शीसमेत रहेका धुर्कोट ३ का वडाध्यक्ष पदम बिष्टले अस्पतालकै लापरवाहीले एक बालिकाको मृत्यु भएको बताउनुभयो ।

    आफू सोमबार साँझदेखि अस्पतालमै रहेको र बिरामी प्रशंसा हिजो साँझसम्म हिड्ने, खेल्ने गरेकोमा अस्पतालले लाहावरवाही गर्दा बिरामीको ज्यान गएको बताउनुभयो । अस्पतालले लाहावपरवाही गरेको भन्दै बिरामीका आफन्तले शव उठाएका छैनन् ।

    अस्पतालका प्रखुख डाक्टर राजेन्द्र जिसीले बच्चालाई बान्ता भएपछि भर्ना गरेपनि अन्य सबै रिपोर्ट सामान्य रहेको बताउनुभयो ।


    मंगलवार, भाद्र १२ २०८०१०:४२:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij