Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

काठमाडौंलाई ट्रान्जिट बनाएर आजदेखि नेपाल एअरलाइन्सको भैरहवाबाट हङकङ र दिल्ली उडान

काठमाडौंलाई ट्रान्जिट बनाएर आजदेखि नेपाल एअरलाइन्सको भैरहवाबाट हङकङ र दिल्ली उडान

  • मंगलवार, भाद्र १२ २०८०

  • 595
    SHARES

  • काठमाडौंलाई ट्रान्जिट बनाएर आजदेखि नेपाल एअरलाइन्सको भैरहवाबाट हङकङ र दिल्ली उडान

    काठमाडौं । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको छ ।

    भैरहवाबाट मंगलबार हप्ताको एकदिन एक उडानबाट सेवा सुरु गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । अहिले हप्ताको एकदिन उडान गरेर माग र निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या थप्दै लगिने उहाँले बताउनुभयो ।

    निगमको समय तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । त्यसपछि ट्रान्जिट भइ हङकङ जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिंङ उडानमा चढ्ने छन् ।

    यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ् पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइने बताइएको छ ।

    यसका लागि १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।


    मंगलवार, भाद्र १२ २०८००७:५४:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij