Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन

वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन

  • मंगलवार, भाद्र १२ २०८०

  • 517
    SHARES

  • वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन

    काठमाडौं । वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ। हिजो साँझ ८ बजेको समयमा जनकपुरधामस्थित म्याक्स अस्पतालमा उनको निधन भएको छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

    लामो समयदेखि बबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित नेपालीलाई यसअघि भारतको दिल्लीका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। नेपाली गत असोज १२ गतेदेखि ओछ्यान पर्नुभएको थियो ।

    जनकपुरधाममा २००२ भदौ १९ गते मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले २०१८ साल मङ्सिर २६ गतेदेखि पत्रकारिता सुरुआत गरेका गर्नुभएको थियो ।

    नेपालीले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेपछि मिसन पत्रकारिता थालेका थिए। नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधि र बलराम नायक पक्राउ परेको समाचार ‘नेपाल सन्देश’ पत्रिकामा लेखेर नेपालीले पत्रकारिताको सुरुआत गरेको बताइन्छ। उहाँले २०१५ सालमा जानकी नौवमी कवितामार्फत्साहित्य लेखन पनि शुरु गर्नुभएको थियो ।

    उहाँले देश र समाजको हितका लागि, अधिनायकवादका विरुद्ध, लोकतन्त्र, समाजवाद र समानताका लागि निरन्तर आवाज उठाउँदै आउनुभएको थियो । विभिन्न आन्दोलनमा प्रहरीको लाठीचार्जका कारण उहाँको मेरुदण्डको हाडसमेत भाँचिएको थियो।


    मंगलवार, भाद्र १२ २०८००६:४५:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij