Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

उदयपुरबाट डा.कोइराला बेपत्ता,नदि किनारमा भेटियो कार, मोबाइल र जुत्ता

उदयपुरबाट डा.कोइराला बेपत्ता,नदि किनारमा भेटियो कार, मोबाइल र जुत्ता

  • सोमवार, भाद्र ११ २०८०

  • 5.1K
    SHARES

  • उदयपुरबाट डा.कोइराला बेपत्ता,नदि किनारमा भेटियो कार, मोबाइल र जुत्ता

    काठमाडौं। झापाको दमकका डाक्टर उज्ज्वल कोइराला सम्पर्क विहिन भएका छन्। मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टरमा कार्यरत ३८ वर्षीय जनरल सर्जन डा.कोइराला सम्पर्क विहिन भएका हुन्।

    कोइरालाको सुनसरी र उदयपुर प्रहरीले घरपरिवार र आफन्तलाई जानकारी गराएर खोजी गरिरहेको बताइएको छ।कोइरालाको गाडी उदयपुरको बेलकास्थित चतरा पुल छेउमा तथा जुत्ता र मोबाइल सप्तकोसी नदी किनारमा भेटिएको छ।

    कोइरालाले चढ्ने गरेको प्रदेश १–०२–००२ च ४१६६ नम्बरको कार अहिलेपनि सप्तकोसी किनारमै रहेको प्रहरीले जनाएको छ।स्थानीयवासीले बेवारिसे कार देखेपछि आज बिहान प्रहरीलाई खबर गरेका थिए।

    कोइराला राति दुई बजेतिर कोसीको पुलमा आएको सिसीटिभी फुजेटमा देखिएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको गोताखोर टोली र प्रहरी टोलीले खोजी जारी राखेका छन्।

     


    सोमवार, भाद्र ११ २०८००३:४२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij