Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

पहिरोमा परेर रोल्पामा एक जनाको मृत्यु

पहिरोमा परेर रोल्पामा एक जनाको मृत्यु

  • आइतवार, भाद्र १० २०८०

  • 3.6K
    SHARES

  • पहिरोमा परेर रोल्पामा एक जनाको मृत्यु

    काठमाडौं।पहिरोबाट खसेको ढुंङ्गा लागेर रोल्पामा एक जनाको ज्यान गएको छ। हिजो जिल्लाको माडी गाउँपालिका ६ धाराखोला भारणिबाङ सडक खण्डमा पहिरोबाट खसेको ढुङ्गाले लागेर माडी ५ बाङ्मा निवासी लालि वलीको मृत्यु भएको हो।

    बाटो काट्ने क्रममा पहिरोबाट खसेको ढुङ्गाले लागेर वलीको घटना स्थलमै मृत्यु भएको हो। वलिको शव ढुङ्गाले लागेर छियाछिया भएको अवस्थामा करिव ५०/६० मिटर मुनी पहिरोसँगै फेला परेको इलाका प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

    इलाका प्रहरी कार्यालय घर्तिगाउँको प्रहरी टोली,माडी गाउँपालिकाका गाउँ प्रहरी र माडी ५ भाबाङका युवाहरु मिलेर घटनास्थलबाट जोखिमपुर्ण रुपले मृतक शवको उद्धार गरिएको प्रहरीले जनाएको छ।


    आइतवार, भाद्र १० २०८०१०:३९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij