Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आइपिएलमा सन्दीप आवद्ध दिल्लीले बैंगलोरको सामना गर्ने

आइपिएलमा सन्दीप आवद्ध दिल्लीले बैंगलोरको सामना गर्ने

  • सोमवार, आश्विन १९ २०७७

  • 1.0K
    SHARES

  • आइपिएलमा  सन्दीप आवद्ध दिल्लीले  बैंगलोरको सामना गर्ने

    युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । दुबईमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र बैंगलोर आफ्नो पाँचौ खेलका लागि मैदान उत्रने छन् । दिल्ली र बैंगलोरबीचको खेल नेपाली समय अनुसार आज राति पौने ८ बजेबाट सुरु हुनेछ ।

    दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्ली चौंथो जितको खोजीमा हुनेछ । अघिल्ला ४ खेलमा ३ जितसहित ६ अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ । यता, बैंगलोर पनि चौंथो जितको खोजीमा हुनेछ । बैंगलोर ४ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

    यसैबीच गएराति भएका खेलमा मुम्बई र चेन्नई विजयी भएका छन् । मुम्बईले हैदराबादलाई ३४ रनको अन्तरले हराउदा पञ्जाव चेन्नईसँग १० विकेटले पराजित भएको हो ।


    सोमवार, आश्विन १९ २०७७१२:११:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij