Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा..

आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा..

  • आइतवार, भाद्र १० २०८०

  • 1.4K
    SHARES

  • आजको मौसमः यी प्रदेशमा हुनेछ भारी वर्षा..

    काठमाडौं।आज देशभर मौसममा आंशिकदेखि सामान्य बदली रहने भएको छ। देशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको जनाएको छ। साथै हाल बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

    महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। सुदूर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।

    राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    कोशी प्रदेशका केही तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।साथै कोशी, मधेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

     


    आइतवार, भाद्र १० २०८००६:५३:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij