Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मुल्य घट्यो कतिमा हुँदैछ कारोबार ?

सुनको मुल्य घट्यो कतिमा हुँदैछ कारोबार ?

  • सोमवार, आश्विन १९ २०७७

  • 1.7K
    SHARES

  • सुनको मुल्य घट्यो कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन यता नेपाली बजारमा सुनको मुल्यमा उतार चढाव हुँदै आएको छ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापवाल सुन आज घटेर तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको हो ।

    यस्तै तेजावी सुन तोलामा ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । हिजो तोलामा ११८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    सोमवार, आश्विन १९ २०७७१२:०७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij