Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारविरुद्धको अनुसन्धान फितलो भएको भन्दै नागरिक अगुवाहरूको खबरदारी 

भ्रष्टाचारविरुद्धको अनुसन्धान फितलो भएको भन्दै नागरिक अगुवाहरूको खबरदारी 

  • शनिवार, भाद्र ९ २०८०

  • 656
    SHARES

  • भ्रष्टाचारविरुद्धको अनुसन्धान फितलो भएको भन्दै नागरिक अगुवाहरूको खबरदारी 
    काठमाडौं । भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान प्रभावकारी नभएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ । आज बृहत् नागरिक आन्दोलनले भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान प्रभावकारी नभएको भन्दै खबरदारी गरेको हो । 
     
    ललिता निवास, नक्कली शरणार्थी, सुन तस्करी प्रकरणमा अनुसन्धान प्रक्रिया  फितलो भएको भन्दै काठमाडौँको भद्रकालीमा नागरिक अगुवाहरूले खबरदारी गरेका हुन् ।  यी प्रकरणमा गरिएको चयनात्मक अनुसन्धान र अभियोजनले सरकार नै भ्रष्टाचार र संगठित अपराधलाई प्रश्रय दिन उद्यत रहेको पुष्टि हुने आन्दोलनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
     
    ललिता निवास प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई छानबिनको दायरामा ल्याउन, सर्वोच्च अदालतले दिएको आदेशको यान्त्रिक पालना गरेको देखाउन बयान लिने औपचारिकता पूरा गरेर उनीहरूलाई अभियोजन नगरी साक्षीका रूपमा उन्मुक्ति दिएको विज्ञप्तिमा दाबी गरिएको छ ।
     


    शनिवार, भाद्र ९ २०८००२:३४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij