Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

देशभर हल्कादेखि मध्यम वर्षा, आज दिउँसोदेखि मौसममा सुधार आउने

देशभर हल्कादेखि मध्यम वर्षा, आज दिउँसोदेखि मौसममा सुधार आउने

  • शनिवार, भाद्र ९ २०८०

  • 519
    SHARES

  • देशभर हल्कादेखि मध्यम वर्षा, आज दिउँसोदेखि मौसममा सुधार आउने

    काठमाडौँ । देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    अस्तिदेखि जारी वर्षा आजदेखि भने रोकिने मौसमविद्ले यसअघि नै बताइसकेका छन् । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ।

    साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    आइतबार भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।


    शनिवार, भाद्र ९ २०८००७:५८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij