Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बाराको जीतपुरसिमरामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

बाराको जीतपुरसिमरामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

  • बिहिवार, भाद्र ७ २०८०

  • 413
    SHARES

  • बाराको जीतपुरसिमरामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

    काठमाडौं । बाराको जीतपुरसिमरामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

    काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस गएराति करिब १ बजेको समयमा जीतपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाई दुर्घटना भएको हो ।

    दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

    चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिनुभयो ।


    दुर्घटना पछि बसका चालक फरार छन् ।


    बिहिवार, भाद्र ७ २०८००८:०५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij