Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

कोरोना भाइरसको नयाँ भेरियन्ट फेला, कत्तिको छ संक्रामक ?

कोरोना भाइरसको नयाँ भेरियन्ट फेला, कत्तिको छ संक्रामक ?

  • बुधवार, भाद्र ६ २०८०

  • 1.0K
    SHARES

  • कोरोना भाइरसको नयाँ भेरियन्ट फेला, कत्तिको छ संक्रामक ?

    काठमाडौं। कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ। कोरोनाको नयाँ भेरियन्ट इजी.५ इजिप्टमा फेला परेको हो। इजिप्टको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार दुई जनामा ओमिक्रोन भेरियन्टको नयाँ अंश इजी.५ पुष्टि भएको बताएको हो।

    संक्रमितलाई कोभिड १९ को नयाँ भेरियन्ट पुष्टि भएसँगै अन्य नागरिकहरुलाई बुस्टर डोज लगाउन मन्त्रालयले आग्रह गरेको छ।श्वासप्रश्वास सम्बन्धी रोगको पहिचानको लागि देशभरका ४५० अस्पतालहरुले पठाएको रिपोर्ट चेकजाँच गर्दा दुई जनामाथि नयाँ भेरियन्ट पुष्टि भएको हो।

    यसको पहिलो केस फेब्रुअरिमा पुष्टि भएको थियो। अगस्ट ९ मा विश्वस्वास्थ्य संगठनले इजी.५ लाई ओमिक्रोनको अर्को प्रकारको रुपमा वर्गीकरण गरेको थियो।

     


    बुधवार, भाद्र ६ २०८००४:१८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij