Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बस दुर्घटना अपडेटः मृतक आठमध्ये तीनको पहिचान

बस दुर्घटना अपडेटः मृतक आठमध्ये तीनको पहिचान

  • बुधवार, भाद्र ६ २०८०

  • 2.0K
    SHARES

  • बस दुर्घटना अपडेटः मृतक आठमध्ये तीनको पहिचान

    काठमाडौं। धादिङमा भएको बस दुर्घटनाका मृतक तीनजनाको परिचय खुलेको छ। दुर्घटनामा ६ पुरुष र दुई महिला गरी ८ जनाको मृत्यु भएको थियो। उनिहरु मध्ये ३ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

    दुर्घटनामा मृत्यु भएका म्याग्दीको रघुगंगा गाउँपालिका–३ बस्ने ५० वर्षीय थानबहादुर भण्डारी, पर्वतको मोदी गाउँपालिका–१ का १५ वर्षीया कृतिका शर्मा र धादिङको गजुरी गाउँपालिका–८ बस्ने २५ वर्षीय सविन रम्तेलको परिचय खुलेको हो।

    दुर्घटनामा घाइते भएका १७ जनाको विभिन्न अस्पतालमा उपचार जारी छ। आज बिहान काठमाडौंबाट म्याग्दीतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गस्थित धादिङखण्डबाट त्रिशूली नदीमा खसेको थियो।


    बुधवार, भाद्र ६ २०८००३:४४:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij