Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु , १५ घाइतेको उद्धार

धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु , १५ घाइतेको उद्धार

  • बुधवार, भाद्र ६ २०८०

  • 1.6K
    SHARES

  • धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु , १५ घाइतेको उद्धार

    काठमाडौं। काठमाडौंबाट बेनी जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।

    काठमाडौंबाट बेनी जाँदै गरेको धवलागिरी यातायातको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गको गजुरीनजिकै त्रिशूली नदीमा खसेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गौतम मिश्रका अनुसार अहिलेसम्म ८ जनाको शव निकालिएको छ ।

    बस दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले पनि विस्तृत विवरण आउन बाँकी रहेको छ ।

    १५ जना भन्दा बढी घाइतेको उद्धार गरिएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।


    बुधवार, भाद्र ६ २०८००१:०७:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij