Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

देशभर हल्कादेखि मध्यम वर्षा जारी

देशभर हल्कादेखि मध्यम वर्षा जारी

  • बुधवार, भाद्र ६ २०८०

  • 538
    SHARES

  • देशभर हल्कादेखि मध्यम वर्षा जारी

    काठमाडौं । देशका अधिकांश स्थानमा हिजोदेखि लगातार पानी परिरहेको छ । यतिबेला पनि काठमाडौंलगायत विभिन्न स्थानमा हल्कादेखि मध्यम पानी परिरहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा बुधबार मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षाको सम्भावना छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कोशी , गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


    बुधवार, भाद्र ६ २०८००६:५०:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij