Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

देशका केहि स्थानमा आज पनि वर्षाको सम्भावना

देशका केहि स्थानमा आज पनि वर्षाको सम्भावना

  • मंगलवार, भाद्र ५ २०८०

  • 461
    SHARES

  • देशका केहि स्थानमा आज पनि वर्षाको सम्भावना

    काठमाडौँ । आज पनि देशका केहि स्थानमा वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा भारतको  उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। हाल देशभर  सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा  चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको  समेत सम्भावना रहेको छ।

    आज राति कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


    मंगलवार, भाद्र ५ २०८००६:५७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij