Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

भक्तपुरको बाल सुधार गृहबाट भागेका ८४ जना पक्राउ (अपडेट)

भक्तपुरको बाल सुधार गृहबाट भागेका ८४ जना पक्राउ (अपडेट)

  • सोमवार, भाद्र ४ २०८०

  • 953
    SHARES

  • भक्तपुरको बाल सुधार गृहबाट भागेका ८४ जना पक्राउ (अपडेट)
    काठमाडौं । भक्तपुरको बाल सुधार गृहबाट भागेका ८४ जना काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका छन् । विभिन्न कसुरमा दोषी ठहर र पुर्पक्षमा रहेका उनीहरू सुधार गृहमा थिए ।
     
    आइतबार सुधार गृहमा रहेका एक जनाको मृत्यु भएपछि आफन्तहरू विरोधमा उत्रिएका थिए । प्रदर्शनकै मौका छोपेर सुधार गृहका झ्याल र पर्खाल फुटाएर उनीहरू भागेका थिए । त्यसमध्येका ८४ जनालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको हो ।
     
    काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले भागेकामध्ये ६० भन्दा बढीलाई बानेश्वर प्रहरी वृत्तमा राखिएको बताउनुभयो । भागेका व्यक्तिलाई नियन्त्रणमा लिन उपत्यकाका ३ वटै जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको छ । २०० भन्दा बढी व्यक्ति सुधार गृहबाट भागेका छन् । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
     


    सोमवार, भाद्र ४ २०८००४:३४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij