Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

भक्तपुर बाल सुधार गृहबाट १५० बालबालिका फरार

भक्तपुर बाल सुधार गृहबाट १५० बालबालिका फरार

  • सोमवार, भाद्र ४ २०८०

  • 711
    SHARES

  • भक्तपुर बाल सुधार गृहबाट १५० बालबालिका फरार

    काठमाडौं । अपराधमा मुछिएका कम्तीमा १ सय ५० जना बालबालिका तथा किशोरहरू भक्तपुरको सानोठिमीस्थित युसेफको बालसुधार गृहबाट भागेका छन् । सोमबार(आज) दिउँसो उनीहरू सुधार गृहको ढोका फोरेर भागेको सुधार गृहले जनाएको छ ।

    भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालका अनुसार फरार भएका उनीहरूको खोजीका लागि सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । आइतबार उक्त सुधारमा एक बालकको मृत्यु भएपछि उनका आफन्तले गेटमा प्रदर्शन गर्नुका साथै तोडफोड समेत गरेका थिए ।

    त्यसबेला भित्र रहेका अधिकांश बन्दीहरूले पनि प्रदर्शनकारीलाई नै साथ दिएर प्रदर्शनमा सामेल भएका थिए । सुधार गृहमा २५६ जना बन्दी रहेकोमा हाल ३२ जना किशोरी र केही बालकहरू मात्रै बाँकी रहेको प्रजिअ रिजालले जानकारी दिनुभयो । सोमबार त्यहाँबाट १ सय ५० भन्दा बढी भागेको बताइएको छ ।

    फरार रहेकामध्ये केहीलाई भने पक्राउ गरिएको प्रजिअ रिजालले बताउनुभयो। अहिले त्यहाँ ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको छ ।

     


    सोमवार, भाद्र ४ २०८००४:२०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij